धनगढी- कैलालीमा तीन जना फरार प्रतिवादी समातिएका छन्। जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई आज (शुक्रवार) प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार पक्राउ पर्नेमा लागु औषध मुद्दाका प्रतिवादी गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय सबिन कट्टेल, वन मुद्दाका प्रतिवादी घोडाघोडी नगरपालिका–६ बस्ने २४ वर्षीय डम्बर साउँद र वन मुद्दाकै घोडाघोडी नगरपालिका–६ बस्ने २४ वर्षीय तपेन्द्र थापा रहेका छन्।
उनीहरू लुकेर बसिरहेको अवस्थामा समातिएको र अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।















