बझाङ- बझाङमा रुखबाट खसेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको जयपृथ्बी नगरपालिका–७ खगेडा बस्ने पदम राज सार्कीका छोरा वर्ष ८ का विजय सार्कीको रुखबाट खसेर शुक्रवार साँझ मृत्यु भएको हो ।
घर नजिकै रहेको ओखरको रुखमा ओखर टिप्ने क्रममा रुखबाट खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ।















