धनगढी- कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका–६ सिमरीबाट लागूऔषध खैरो हेरोइन एक सय ५० मिलिग्रामसहित कैलालीकै बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सीपुर का २० वर्षीय सुनील चौधरी आइतबार पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाइ लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।













