अछाम- अछाममा अरिङ्गालको टोकाई बाट एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-८ बारला निवासी बद्री सञ्ज्यालका तीन बर्षीय छोरा समीर सञ्ज्याल (जैशी) को डाले घाँस काट्ने क्रममा अरिङ्गालको टोकाईबाट घटना स्थलमै मृत्यु भएको हो ।
मृतक बालक सुदर्शन आभारभुत बिद्यालय बारलामा बालबिकास केन्द्रमा अध्ययनरत रहेको स्थानीय दीपेन्द्र रोकामगरले बताए।
दुईटै भाइ बहिनी डाले घाँस काट्न जाँदा अरिङ्गालको गोला नै खनिएर टोकेपछि बालकको मृत्यु भएको हो ।
अरिङ्गालको टोकाईबाट गम्भीर घाइते भएकी १८ बर्षिया राधा सञ्ज्यालको जिल्ला अस्पताल अछाममा उपचार भै रहेको र अवस्था सामान्य रहेको अछाम अस्पतालका डाक्टर अतुल भारद्धाजले बताए ।













