• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

धनगढीमा विपन्नको अन्तिम संस्कारमा दाउरा सँगै प्रहरीको सलामी

  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

कैलाली- विश्वका अधिकांश देशहरुमा उच्च पदस्थ नेता तथा कर्मचारीहरुको मृत्यु हुँदा उनीहरूको अन्तिम संस्कारमा प्रहरीबाट सलामी दिने प्रचलन रही आएको छ । विश्व सँगै नेपालमापनि यो प्रचलन कायम छ । एक भिआइपीको मृत्यु हुँदा प्रहरीको सलामीसहित राजकीय अन्यस्टी दिइने प्रचलन कायम हुँदा सामान्य नागरिकको मृत्युमा राज्य बेखबर हुन्छ ।

तर धनगढी उपमहानगरपालिकाले विपन्न नागरिकको मृत्यु हुँदा दाउराका लागी ५ हजार रकम सहयोग गर्नुका साथै उपमहानगरको झन्डा ओढाएर प्रहरीको सलामी दिने निर्णय गरेको छ । विपन्न नागरिकको समेत सरकारी झन्डा र प्रहरीको सलामी सहितको अन्तिम संस्कार हुन थालेपछि धनगढीका नागरिकले साँच्चिकै गणतन्त्र आएको अनुभूति गर्न थालेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण अन्तिम संस्कार गर्न समेत नसक्ने स्थितिका नागरिकहरुको पिडामा मलम लगाउने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमै विपन्न नागरिकको अन्तिम संस्कारका लागी निःशुल्क शव वाहन र ५ हजारसम्मको दाउरा खर्च बेहोर्ने उल्लेख गरेको थियो । बजेटमा समावेश गरिए अनुसार उपमहानगरले विपन्न नागरिकको मृत्यु पश्चात् अन्तिम संस्कारमा आवश्यक पर्ने दाउराका लागी ५ हजार रुपियाँ सहयोग गर्न सुरु गरेको छ ।

उपमहानगरिय प्रहरी प्रमुख भुपेन्द्र खड्काले आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई घरमा कसैको मृत्यु भए शव वाहनका लागी टोल फ्री नम्बरमा फोन गरेर खबर गर्न आग्रह गरे । सोही अनुसार उपमहानगरले विपन्न नागरिकको दाह संस्कारका लागी आवश्यक पर्ने दाउराका लागी घरमै गएर ५ हजार रकम सहयोग गर्नुका साथै उपमहानगरको झन्डा सहित सलामी समेत दिन सुरु गरेको खड्काले बताए । साथै दुई जना उपमहानगरिय प्रहरीले शवमाथि उपमहानगरको झन्डा ओढाउँदै अन्तिम सलामी समेत दिने गरेको खड्काले बताए ।

विपन्न परिवारलाई आफन्तजनको असामयिक निधन हुँदा दाहसंस्कार गर्न दाउरा किन्ने पैसा समेत नहुने भएकाले ससम्मान अन्तेष्टी गर्न धनगढी उपमहानगरले ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । आर्थिक अवस्था कमजोर भएका नागरिकको घरमा कुनै सदस्यको निधन भए दाउरा अभाव भएकै कारण टायरमा अन्तेष्टी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरका नगर प्रमुख गोपाल हमालले बताए ।

यति मात्रै नभएर घाटसम्म शव पुर्‍याउनकै लागी उपमहानगरले निःशुल्क शव वाहनको समेत व्यवस्था गरेको छ । दाउराका लागी आर्थिक सहयोग गर्न घरमै पुग्ने उपमहानगरिय प्रहरीले शवमाथि उपमहानगरको झन्डा ओढाएर सलामी पनि दिने गरेको छ । कयौँलाई दाउरा किन्ने पैसो समेत नभएर दाहसंस्कार गर्न समस्या हुने भएका कारण सबै नगरवासीको अन्त्यष्टी स सम्मान होस भनेर आर्थिक सहयोग सँगै सलामी दिने निर्णय गरिएको नगर प्रमुख हमालले बताए । हमालले उपमहानगरको टोल फ्री नम्बरमा फोन गरेर जानकारी गराएमा विपन्न नागरिकले उपमहानगरपालिकाबाट निःशुल्क शव वाहन, अन्त्येष्टिका लागि रकम सँगै अन्तिम सलामी समेत पाउने जानकारी दिए ।

जिउँदो हुँदा आर्थिक अभावमै गुज्रिएका नगर बासीले अन्तिम महाप्रस्थानमा समेत अभावमै जानुपर्ने स्थितिको अन्त्य गर्न उपमहानगरले यी रचनात्मक कार्य गर्दै आएको छ । उपमहानगरको यो कदमबाट उपमहानगरबासी निकै लाभान्वित बनेका छन् । अब उपमहानगरबासीले आर्थिक अभावकै कारण टायरमा अन्तिम श्रद्धाञ्जली दिनुपर्ने बाध्यता टरेको छ ।

उपमहानगरको यो कदमले नगर बासी खुसी छन् । उनीहरूले साँच्चिकै सरकार भएको अनुभूति गरेका छन् । धनगढी–८ का गणेश चौधरीले उपमहानगरको यो कदमले साँच्चिकै स्थानीय सरकार अभिभावक रहेछ भन्ने अनुभूति भएको बताउ । अँझैपनि आर्थिक अवस्था निकै नाजुक भएका नागरिक धनगढीमा छन् उनले भने, “ती नागरिकहरूलाई यसरी दाउरासम्मपनि सहयोग हुँदैछ, आफ्नो सरकारको झन्डासहित अन्तिम श्रद्धाञ्जली पाउनु निकै ठुलो कुरा हो, उपमहानगरलाई धेरै धन्यवाद भन्छु ।”

धनगढी ५ का हर्क बहादूर भाटले उपमहानगरपालिकालाई धेरै धन्यवाद दिए । म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेयर साप, उपमेयर साप लगायत सबै जनालाई उनले भने, “देशभरिमै कतै नभएको यस्तो नियम धनगढीमा ल्याउनुभएको छ, विपन्नले अन्तिम संस्कारका बेला पर्याप्त दाउरा पायो, अझ उपमहानगरको झन्डा पायो यति मात्रै नभएर भिआइपी जस्तै प्रहरीको सलामी पनि पाउँछ यो भन्दा ठुलो कुरा के हुन्छ र, यो जति प्रशंसा गरे पनि कम हुन्छ ।”

धनगढी उपमहानगरपालिकाले प्रत्यक्ष जनतासंग सरोकार राख्ने विषयहरूलाई प्राथमिकता राखेको छ । अन्तिम श्रद्धाञ्जलीका लागी आर्थिक सहयोग सँगै शव वाहनको व्यवस्था गरेको उपमहानगरले गर्भवती महिलाहरूलाई लक्षित गर्दै आमा बचाउ अभियान समेत सञ्चालन गरेको छ । उपमहानगरले सो अभियान अन्तर्गत गर्भवती महिलाहरूलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको हो ।

  • अन्तिम संस्कार
बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.