बझाङ- बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका–१ चौडामकी ४७ बर्षिय गंगा देवी भण्डारीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
भण्डारी आइतबार दिउँसो १स्३० बजे सोही वडाको जाइझुली भन्ने भीरमा घाँस काट्ने क्रममा लडेकी थिइन्। पारिवारिक स्रोतले भने बेलुकी ७ बजे मात्रै थाहा पाएको बताएको छ।















