बैतडी – बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ का २४ बर्षीय मुकेश चन्दलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
सवारी अंगभंग मुद्दामा सजाय तोकिएका चन्द फरार रहेका थिए । जिल्ला अदालत बैतडीले गत जेठ १८ गते सवारी मुद्दामा उनीमाथि तीन बर्षको कैद सजाय हुने फैसला सुनाएको थियो । फैसलापछि उनी फरार रहेका थिए । २०७८ माघमा भएको सवारी दुर्घटनमा उनीमाथि सवारी अंगभंग मुद्दा चलाइएको थियो ।
पक्राउ परेका चन्दलाई सोमबार अदालत पेश गरेर कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । यसअघि २६ दिन प्रहरी हिरासतमा रहेका चन्दले अब दुई बर्ष ११ महिना चार दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी निरीक्षक खत्रीले बताए ।















