दार्चुला- दार्चुलामा अरिंगालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको मंगलवार अरिङ्गालले टोक्दा मृत्यु भएको हो।
घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएको ९ नम्बर वडाका सदस्य खिमसिंह सामन्तले बताए। घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।













