धनगढी- सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीलाई मातृ शोक परेको छ। डोटीको निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका ओलीकी आमा मनकली देवीको निधन भएको हो।
६८ वर्षीया मनकली देवीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रमममा निधन भएको हो। उनी मुटुसँग सम्बन्धित रोगबाट पीडित रहेकी थिइन।
मनकली देवीको आज आइतवार गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ गरुढ स्थायी घर भएका प्रदेश सभा सदस्य ओली धनगढीमा बसोबास गर्दै आएका छन्।















