दार्चुला- दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रातामाटास्थित देवपाती भिरमा आइतबार दिउँसो घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
घटनास्थलमै मृत्यु भएकी महिला ६० मिटर तल खसेपछि उनको मृत्यु भएको उनले बताए । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













