धनगढी- कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ स्थित स्याउलेमा भित्रि सडकखण्डमा सुपप्र ०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा शनिबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अटोमा अन्य व्यक्ति भने सवार नरहेको प्रहरीले जनाएको छ ।













