धनगढी- कैलालीको धनगढीबाट २ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ फन पार्कबाट उक्त परिमाणको ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित कैलालीकै गोदावरी नगरपालिका–१ का २५ वर्षीय विजय विष्टलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा विष्टको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।













