काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ६९ वर्ष पूरा भई ७० मा टेकेका छन्। प्रधानमन्त्री दाहाल मंगलबार आफ्नो ६९औं जन्मोत्सव मनाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालको विसं २०११ मंसिर २६ गते कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस वडा-२ लेवाडेमा जन्म भएको हो।
पिता मुक्तिराम र आमा भवानीका जेठो छोराको रूपमा दाहालले जन्म लिएका हुन्। उनले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका थिए।













