धनगढी- कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन् ।
घाइते जोशीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचार सम्भव नभएपछि अस्पतालले उनलाई बिहीबार दिउँसो मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।















