कञ्चनपुर- कञ्चनपुरबाट करिब दुई लाख बराबरको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलीका अन्दाजी एक लाख ८३ हजार सात सय ६० मुल्य बराबरका जुत्ता, थानको कपडा, लेडिज ब्याग, चप्पल लगायतका सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाइएको छ ।













