धनगढी- धनगढीमा ट्रक दुर्घटना भएको छ। आइतबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा र वडा नम्बर ७ नम्बर बिच सिमाना बालुवाटारमा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार उखु बोकेको ना ३ ख ६५३९ नम्बरको माल वाहक ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
अनियन्त्रित भई दुर्घटना भएको ट्रकका कारण एक बालीका घाइते भएकी छिन्। उनको पहिचान खुलेको छैन्। सामान्य घाइते भएकी बालीका उपचारपछि घर फर्किएकी छिन्। ड्राइभर भने सकुशल रहेको बताइएको छ।
भने ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता चन्दले जानकारी दिएका छन् ।













