• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

घुरही खोलामा निर्माणाधीन पुलको म्याद सकियो, पुल बनेन

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

धनगढी- पुल पुलेसा निर्माणमा ठेकेदारबाट कतिसम्मको ढिलासुस्ती र लापरबाही हुन्छ भन्ने उदाहरण धनगढी उपमहानगरपालिका–१६ स्थित घुरही खोलामा निर्माणाधीन पुल बनेको छ । थारू होमस्टे गाउँ भादा जाने बाटोमा पर्ने खोलामा निर्माणाधीन यो पुलको समायवधि सकिए पनि निर्माण हुन सकेको छैन । २०८० साल असोज मसान्तभित्र नै पुल बनाइसक्ने ठेक्का पाएको टेडी मित्र जेभीले म्याद सकिँदासम्म पुल निर्माणको प्रारम्भिक कार्य पनि गरेको छैन ।

धनगढी उपमहानगरपालिकाले २०७८ साल कात्तिक १६ गते भ्याटसहित तीन करोड दुई लाख ५४ हजार रुपियाँमा टेडीसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । ठेक्का पाएको कम्पनीले ठेक्का सम्झौता सकिँदासम्म पुरानो पुल भत्काएर नयाँ पुल बनाउन पोखरी जस्तो खाल्डो खन्नुबाहेक केही काम गरेको छैन ।

निर्माण कम्पनीले भएको पुल पनि भत्काएर नयाँ पुल बनाउनका लागि काम नगरेको थारू होमस्टे गाउँ भादा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताए । पुल नहुँदा आवातजावतमा निकै समस्या भइरहेको उनको भनाइ छ । “पुल नबनेकाले भादा आउन चाहेका पाहुना बाटोबाटै फर्किने अवस्था छ,” अध्यक्ष चौधरीले भने।

“समस्या भयो, चाँडै बनाउनका लागि पहल गरिदिनूस् भनेर मैले धनगढी नगर प्रमुख गोपाल हमाललाई आग्रह गरेको थिएँ, “उनले तीन दिनमै सुरु हुन्छ भन्नुभएको थियो तर पनि पुल निर्माणको कार्य अझै अलपत्र छ,” अध्यक्ष चौधरीले थपे ।

यसअघि सो ठाउँमा सानो पुल थियो । त्यो पुल जीर्ण बनेपछि धनगढी उपमहानगरपालिकाले नयाँ पुल बनाउन लागेको हो । पुल निर्माणमा ठेकेदारले धेरै ढिलाइ गर्दासमेत काम चाँडै अगाडि बढाउनका लागि धनगढी उपमहानगरपालिकाले ठेकेदारलाई घचघच्याउने काम नगरेको भादा गाउँवासीको आरोप छ ।

पुल निर्माण कार्यलाई कम्पनीले दुई वर्षदेखि अलपत्र छोड्दा भादा, सामरचौरा, घुरही, सिमराना, गदरिया, खुरखुरियालगायतका गाउँवासीलाई आउजाउ गर्न समस्या भइरहेको छ । निर्माण कम्पनीका ठेकेदार सिद्ध ओलीले माघ पर्व सकिएलगत्तै काम सुरु गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष रामलाल चौधरीले बताए ।

उनले भने, “अहिले कामदार पनि छैनन् भनेर ठेकेदारले माघ पर्वपछि काम गर्ने प्रतिबद्धता जनाएका छन् । माघमा पनि काम सुरु भएन भने उनको घरमै गएर तानेर ल्याउँछौँ र काम गर्न लगाउँछौँ ।”

पहिलो चरणको निर्माण समयवधि सकिएपछि सो पुल निर्माणका लागि आगामी वर्षको असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ । सो समयावधिभित्र निर्माण कम्पनीले पुल निर्माण नगरेमा ठेक्का तोडेर कारबाही गरिने धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले बताए ।

 

  • पुल बनेन
शनिबार, पुष २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.