धनगढी- कैलालीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्लको धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका–३ स्थायी घर भएका ६५ वर्षीय विष्णुबहादुर माझीको मृत्यु भएको हो।
घरको तिन तलाको छतबाट लडेर गम्भीर घाइते भएका माझीको उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा (बुधवार) गए राति २ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।













