दार्चुला- दार्चुलामा चितुवा मृत अबस्थामा फेला परको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका-५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो।
अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ।













