• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

महाकाली करिडोरले जोडियो कञ्चनपुर र डडेल्धुरा

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित

महेन्द्रनगर- ट्र्र्याक खोल्ने काम सकिएसँगै महाकाली करिडोरअन्तर्गत कञ्चनपुर र डडेलधुरा जोडिएका छन । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको परशुराम नगरपालिकाको जोगबुडासम्म ट्र्र्याक खुलेको छ । कञ्चनपुरमा पर्ने ११ किलोमिटर सडकको ट्र्याक गत महिना सकिएको हो । सडकमा पर्ने रूख कटानीको आदेश तथा बजेट अभावले ढिलो गरी काम भएको हो ।

डडेलधुरातर्फ कञ्चनपुरको सिमानादेखि जोगबुडासम्म २७ किमि ट्र्याक यसअघि नै खुलिसकेको थियो । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किमि करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ । हालसम्म २ सय ४२ किमि ट्र्याक खुलेको छ । डडेलधुरामा ३१, बैतडीमा ३४ र दार्चुलामा २७ गरी अझै ९२ किमि ट्र्र्याक खोल्न बाँकी छ । तुसारपानीदेखि टिंकरसम्म ७९ किमि ट्र्याक खोल्ने काम सेनाले गरिरहेको छ ।

‘सडकमा पर्ने रूख कटानीको आदेश ढिलो आएका कारण ट्र्र्याक खोल्ने काममा ढिलाइ भएको हो,’ महाकाली करिडोर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले भने, ‘ट्र्र्याक खोल्ने ठेक्का सम्झौता भएको २० महिनापछि कटानी आदेश आयो ।’ कात्तिक÷मंसिरमा मात्रै रूख कटानीको आदेश आएको हो । अहिले पनि रूख काटनका लागि दुई÷तीन महिनाको मात्रै समयावधि छ । तर सडकमा पर्ने हजारौं रूख दुई÷तीन महिनामा काट्न नसकिने जोशी बताउँछन् ।

‘डिभिजन वन कार्यालयहरूले रूख काट्ने समय नबढाएमा र बजेट थप नभएका फेरि काम रोकिन्छ,’ योजना प्रमुख जोशीले भने, ‘बजेट थप नभए अर्को महिनादेखि काम रोकिन्छ ।’ उनका अनुसार अब डडेलधुराका सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्र्याक खोल्न बाँकी छ ।

योजनाले ६ वटा प्याकेजमा गरी डडेलधुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम गरिरहेको छ । डडेलधुराको परशुराम नगरपालिकाको साँदनी क्षेत्रमा चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी तीन वटा प्याकेजमा ५ किमि सडक कालोपत्रको काम भइरहेको छ । दार्चुलामा महाकाली नगरपालिका क्षेत्रमा १२ किमि र खलंगादेखि उत्तरतर्फ तुसारपानी खण्डमा १०÷१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम भइरहेको छ ।

चालु आर्थिक वर्षमा योजनाका लागि २९ करोड ६५ लाख मात्रै बजेट आएको थियो । योजनाले थप २५ करोड बजेट माग गरेको छ । बजेट थप हुन नसके काम रोकिने अवस्था आउने जोशी बताउँछन् । यसैगरी १ अर्ब १८ करोडको योजनासहित स्रोत सुनिश्चितताका लागि पनि विभागमा फाइल पठाइएको उनको भनाइ छ । उक्त फाइल स्वीकृत भए करिडोरअन्तर्गत कञ्चनपुरमा गड्डाचौकीदेखि ब्रह्मदेवसम्म १० किमि सडक थप गरेर स्तरोन्नतिसँगै अन्य क्षेत्रमा सडक स्तरोन्नतिको काम गरिने उनले जनाए ।

‘नियमित रूपमा काम अगाडि बढे ०८२ असारसम्म सबै ट्र्याक खोल्ने काम सक्ने लक्ष्य छ,’ जोशीले भने, ‘त्यहीअनुसार ट्र्याक खोल्ने र स्तरोन्नतिको काम सँगै भइरहेको छ ।’ आर्थिक वर्ष ०६५÷६६ मा दार्चुला–टिंकर सडक योजनाका रूपमा काम सुरु भएको उक्त सडकलाई ०७७÷७८ देखि महाकाली करिडोर नामकरण गरी ब्रह्मदेवदेखि टिंकरसम्मै निर्माणको काम सुरु गरिएको हो ।

यसअन्तर्गत कञ्चनपुरमा ११, डडेलधुरामा ५८, बैतडीमा १ सय ४४ र दार्चुलामा २ सय (सेनाले काम गरिरहेकोसहित) गरी जम्मा ४ सय १३ किमि सडक निर्माण गरिनेछ । महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिनेछ । यसले महाकाली किनारका बस्तीहरूलाई पनि सडक सञ्जालमा जोड्नेछ । रासस

  • महाकाली करिडोर
आइतबार, माघ ०७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.