धनगढी- नेपाली कांग्रेस केन्द्रीय कार्यालयको रणनीति अनुसार माघ १४ गते कैलाली काँग्रेसले जिल्ला कार्यसमितिको बैठक राखेर ‘समुदायमा काँग्रेस’ अनिभयान सञ्चालन गर्न लागेको छ ।
जिल्ला कार्य समितिको बैठकमा ‘समुदायमा काँग्रेस’ अभियानमा गरिने योजना बारे जानकारी दिइने जिल्ला सचिव केशव राज मिश्रले बताएका छन् । जिल्ला कार्य समितिको बैठक नेपाली काँग्रेस जिल्ला कार्यालय (बिपी स्मृति भवन), धनगढी बस्ने छ ।
समुदायमा काँग्रेस अन्तर्गत जिल्लाका १ सय २६ वडामै जिल्ला प्रतिनिधि गएर वडावासीसँग खुल्ला छलफल राखी जनताका अपेक्षा, गुनासा र सुझाव सङ्कलन गर्ने कार्यक्रम रहेको सचिव मिश्रले बताए ।
वडास्थित नागरिक समाज, शिक्षक, प्राध्यापक लगायत आमा समूहहरू, युवा क्लबहरू, कृषक समूहहरू र व्यवसायीहरू लगायतसँग खुल्ला छलफल गरी अगाडि बढ्ने योजना रहेको छ ।















