कञ्चनपुर- कञ्चनपुरमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र सोही वडाकी ३० वर्षिया सरस्वती तिवारी मृत फेला परेकी हुन्। ईलाका प्रहरी कार्यालय झलारीका अनुसार सोमबार साँझ सरस्वती रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाइएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीर बहादुर बुढाऐरले बताए। सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















