• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बैतडीका ग्रामीण बस्तीहरूमा विद्युत् विस्तारको काम तिव्र

  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित

बैतडी- बैतडीमा विद्युत् विस्तारको कामले तिव्रता पाएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जिल्लामा विद्युत्‌को पहुँच भन्दा बाहिर रहेका बस्तीहरूमा विस्तारको कामलाई तिव्र पारेको हो । चालू आर्थिक वर्षको माघ पहिलो हप्ता सम्ममा जिल्लाका एक हजार ५५० घरधुरीमा विजुली बलेको छ । ग्रामीण क्षेत्रहरूमा विद्युतीकरणको कामले तिव्रता पाएसँगै अँध्यारा बस्तीहरू उज्याला हुन थालेका छन् ।

राष्ट्रिय प्रसारणको लाइन विस्तार हुँदा सोलार र टुकी भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको सिगास गाउँपालिका–१ का स्थानिय पवन चन्दले बताए । ‘बिजुली नहुँदा धेरै समस्या हुन्थ्यो,’ उनले भने ‘अहिले राष्ट्रिय प्रसारण लाइनको बिजुली बले संगै बालबालिकाहरूलाई साँझ बिहान पढ्न लेख्न् र अन्य विद्यूतिय सामाग्री सञ्चालन गर्न सहज भएको छ ।’

सिगास गाउँपालिकाको वडा नम्बर २, ३ र ५ का लागि ठेक्का आव्हान भैसकेको र एक दुई दिनमा सम्झौता गरी काम सुरु हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । अन्य पालिकाहरू पनि विजुली नपुगेको ठाउँमा विस्तार गर्ने बिग्रेका ठाउँहरूमा मर्मतको काम पनि चलिरहेको उनले बताए ।

मेलौली नगरपालिका हुँदै शिवनाथ गाउँपालिकाको केन्द्रसम्मको ११ केभी लाइनमा बिजुली चार्ज भएको छ । माघ महिनाभित्र थप पाँच हजार घरधुरीमा मिटर जडान गरि बिजुली बाल्ने काम भैरहेको पौडेलले बताए । पञ्चेश्वर गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारबाट थप पाँच करोड रुपियाँको लागतमा विद्युतीकरण भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

बैतडीमा अहिले २२ हजार बढी विद्युत्‌का ग्राहक रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीमा ४९ हजार ४२८ घरपरिवार रहेका छन् । ग्रामीण क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विद्युत विस्तारको काम भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए ।

बैतडीलाई दुई वर्षभित्रै पूर्ण विद्युतीकरण जिल्ला बनाउने उद्देश्यले काम भइरहेको छ । यसका लागि विभिन्न प्रोजेक्टहरू सञ्चालनमा रहेका उहाँको भनाइ छ । सन् २०३० सम्म सबै घरधुरीमा विद्युतका पहुँच पुर्‍याउने सरकारको दिगो विकास लक्ष्य रहेको छ ।

सुर्नयागाड विद्युत् सञ्चालनमा

डेढ बर्षदेखी बन्द रहेको सुर्नयागाड जलविद्युत् सञ्चालनमा आएको छ । दुई सय किलोवाट क्षमताका जलविद्युतको प्यानल जीर्ण हुँदा बन्द रहेको विद्युत्गृह सञ्चालनमा आएको हो । डेढ महिनाअघि नेपाल विद्युत प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

नहरमा पानीको मात्रा बढाएर तत्कालका लागि सय किलोवाडमा विद्युत सुचारु गर्न सकिने जनाएको थियो । त्यसपछि विद्युत वितरण केन्द्रले सक्रियता बढाएर माघ दुई गते देखी नै विद्युत सुचारु भएको हो ।

नहरको सफाइ गरी त्यहा भएका उपकरणहरू सञ्चालनमा ल्याएर सय किलोवाट विद्युत सुचारु गरिएको विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ । यहाँ उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान समेत गरिएको वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

बक्यौता रकम नतिर्ने ग्राहकहरुको लाइन काट्ने क्रम जारी

नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बैतडीले एक हप्ता विद्युत लाइन काटेर ९ लाख बढी रकम राजश्व संकलन गरेको छ । विद्युत वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दन पौडेलको निर्देशनमा जिल्लाका १ सय ८५ ग्राहकको विद्युत लाइन काटिएको हो । महशुल नतिरेको ग्राहकको विद्युत लाइन काटिएसंगै रकम तिरेपछि मात्रै पुनः जडान गरिएको छ ।

यसैरी ९ लाख ९४ हजार रकम बक्यौता रहेका ग्राहकको विद्युत लाइन काटेपछि उनिहरुबाट ९ लाख ८ हजार रकम संकलन भएपछि अधिकांशको लाइन पुनः जडान गरिएको छ । विद्युत लाइन काट्ने क्रम अझैपनि जारी रहेको छ । विद्युत लाइन काटिने ग्राहकहरूमा केही सरकारी कार्यालय, पार्टी कार्यालय तथा सञ्चारगृह समेत रहेका छन् ।

२ महिना सम्मको महशुल नतिर्ने ग्राहकको लाइन काट्ने नियम रहेकाले बेलैमा आफ्नो बक्यौता महशुल बुझाउन वितरण केन्द्र प्रमुख पौडेलको आग्रह छ । बैतडीमा हालसम्म २ करोडबढी रकम विद्युत महशुल बक्यौता रहेको विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । केन्द्रको निर्देशन अनुसार आफूहरूले जिल्ला स्थित महशुल नबुझाउने ग्राहकको नियमानुसार लाइन काटेर महशुल संकलन गर्दै गएको प्राधिकरणले जनाएको छ ।

१ सातापछि समेत बक्यौता रकम नतिर्ने ग्राहकको लाइन काट्ने काम जारी रहेको वितरण केन्द्र प्रमुख पौडेलको भनाई छ । कतिपय ग्राहकको बक्यौता रकम १ लाख भन्दा बढी भएको खण्डमा किस्तामा समेत तिर्ने व्यवस्था मिलाइएको छ ।

  • विद्युत् विस्तार
मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
जुवाको खालमा सरकारी मोटरसाइकल

समाचार

सबै

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.