धनगढी- कञ्चनपुरमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलेलीका ३२ वर्षीय शेरबहादुर ऐर बुधवार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका छन्। ऐर विरुद्धमा मद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।













