धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको विहीबार मृत्यु भएको हो ।
उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा एक हप्तासम्म राखेर उपचार गरिएको थियो तर बिहीबार न्यौपानेको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।













