धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१८ “ई” गाउँ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक कैलारी गाउँपालिका–३ दक्षिण भरडीका २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो।
बिहीबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।















