धनगढी- नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ । अध्यक्षका लागि डेजी पाण्डे,दुर्गा जोशी र यज्ञराज ढुंगाना चुनावी प्रतिष्पर्धामा छन् ।

त्यस्तै उपाध्यक्षका लागि गजेन्द्र स्वार,विष्णुबहादुर चौधरी, मदनराज ओझा,दलबहादुर विष्ट र लोकेन्द्रबहादुर शाही रहेका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा, र ममता प्रसाद चौधरी गरी ३ जना चुनावी प्रतिष्पर्धामा रहेको निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावलीमा उल्लेख छ ।
उपसचिवमा चुडामणी भट्ट,नृप खड्का,भुवन रिजाल र राजु गुरुङको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा अम्बिका बिष्ट मल्ल,गंगाकुमारी चौधरी,रत्नाकुमारी जोशी र शान्तिदेवी सिंह रहेका छन् । ५ सय ८८ जना मतदाता रहेको जनाइएको छ । आज अधिवेशनको पाँचौँ दिन हो सहमतीको प्रयास असफल भएपछि निर्वाचन प्रकृया अघि बढाइको हो । अधिवेशन फागन ६ गते उद्घाटन गरिएको थियो ।













