कञ्चनपुर- कञ्चनपुरमा ५१ थान लागु औषध यम्पुलसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका बस्ने ३१ वर्षीय विजयराज पन्तलाई प्रतिबन्धित लागु औषध यम्पुलसहित शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पन्तलाई वेदकोट नगरपालिकाको घोर्सुवाबाट पक्राउ गरेको जनाएको छ। विशेष सूचनाका आधारमा पक्राउ गरिएका पन्तलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।













