कञ्चनपुर- कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब स्थित वडा कार्यालय नजिक हाल नामथर, नखुलेको स्थानीयले शंकर भनी बोलाउने भारतीय नागरिक अन्दाजी ४० वर्षीय पुरुष शनिवार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













