काठमाडौँ- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय सचिवमा सुदूरपश्चिमकाबाट शम्भु लामिछाने निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न महासंघको ७ औँ महाधिवेशनबाट लामिछाने सचिवमा निर्वाचित भएका हुन । उनले जम्मा खसेको ५११ मत मध्ये ३०९ मत प्राप्त गरे ।
सुदूरपश्चिमको धनगढीबाट एक दशक लामो समयदेखि पुस्तक व्यवसायमा सक्रिय लामिछाने चितवनको सौराहामा सम्पन्न छैटौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा स्टेसनरी तर्फ योगेन्द्र बहादुर शाही र भूगोल तर्फ केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट शंकर बहादुर कठायत निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्यमा पुस्तक तर्फ खुल्ला उम्मेदवारी दिएका सुदूरपश्चिमका शकर दत्त भट्ट भने पराजित भएका छन् । ७ जना केन्द्रीय सदस्य खुल्लाका लागि १५ जनाको मनोनयन परेको थियो । भट्टले २२४ मत मात्र प्राप्त गरे ।













