महेन्द्रनगर- कञ्चनपुरमा लागुपदार्थ खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट मंगलबार राति अवैध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ४० मिलिग्रामसहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने १९ वर्षीय दिपक महरा, भीमदत्त–१८ डेरा गरी बस्ने बैतडी पुर्चुडी नगरपालिका–५ घर भएकी ३० वर्षिया अमृता खत्री बोहरा र दोधारा चाँदानी नगरपालिका–७ बस्ने १८ वर्षिया किशोरी रहेका प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।













