धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका छन् । पुरानो गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका शाहले केन्द्रमा नयाँ समीकरण बनेलगत्तै माओवादी र नेकपा एसका मन्त्री हटाएका थिए ।
वैकल्पिक गठबन्धनको ध्याउन्नमा लागेका उनले नाउपाकालाई मन्त्री बनाएका हुन् । नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई उनले मन्त्री नियुक्त गरेका हुन् ।
संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको हो ।
उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीबाट राति नै पद तथा गोपनीयताको शपथ गराइएको छ ।













