बाजुरा- बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका चन्दे साउदकी ४५ वर्षिया श्रीमती दुरा साउँद रहेकी मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउँदले जानकारी दिए ।
बुधवार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते साउँदलाई घर पुर्याएर उपचारका लागि सदरमुकाम मार्तडी ल्याउनै लाग्दा गाउँमै निधन भएको स्थानीय नेत्र थापाले बताए । भौगोलिक विकटता रहेको मना गाउँ लगायत बाजुरामा वर्षेनि भिरबाट लडेर स्थानीय नागरिकको अकालमै ज्यान जाने गरेको छ।













