धनगढी- कैलालीको टीकापुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। टिकापुर नगरपालिका-१ स्थित ब्लक नम्बर १८ बाट २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने १९ वर्षीय युवक ईश्वर न्यौपाने शनिवार दिउँसो पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।













