धनगढी- कैलालीको टीकापुरमा एक पुरुषको शव फेला परेको छ। लम्की टिकापुर सडक अन्तर्गत कर्णाली क्रेसर नजिक एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको जस्तो रहेको टीकापुर प्रहरीले जनाएको छ। शव महेन्द्र विकको भनिए पनि आधिकारीक रुपमा पुष्टि नभएको प्रहरीले बताएको छ। यस बारेमा टीकापुर प्रहरीले अनुसन्धान गरिरहेको छ।













