धनगढी- सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन्।
उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका हुन्। केन्द्रको सत्तासमीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए।













