काठमाडौं- बझाङ प्रदेश सभा (१) मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र केन्द्र तोकेको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बझाङ प्रदेश (१) मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ ।
आयोगले देशभरमा १० हजार ८९२ मतदान स्थल स्वीकृत गरेको छ । आयोगको अद्यावधिक मतदाता नामावलीअनुसार बझाङ प्रदेश १ मा ६१ हजार ७४८ मतदाता छन् ।













