धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टाबाट प्रहरीको टोलीले शुक्रबार पेस्तोलसहित दुई जना पक्राउ गरेको छ । सोल्टास्थित धनादेवी शाहीको घरमा हतियार लुकाएर राखेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट परिचालन भएको प्रहरी टोलीले एक थान रिभल्भर पिस्तोलसहित कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेका १८ वर्षीय विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका-११ का १८ का उपेन्द्र शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













