धनगढी- धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१० जनकल्याण चोक नजिकबाट ६०० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित सोही ठाउँ बस्ने २१ वर्षीय बसन्त राना आईतवार राति पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनको साथबाट खैरो हिरोइन फेला पारी पक्राउ गरेको जनाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।













