धनगढी- कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिका सचिव पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-१ मा रहेको जगदम्बा मयूर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्तलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए । उनले अवैध रूपमा लुकाएर राखेको काठसमेत बरामद गरिएको छ । अदालतबाट म्याद थप गरेर पन्तमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।













