धनगढी- धनगढीमा तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका तीन जना बुधवार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चोरी मुद्दामा १६ हजार रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-३ बस्ने जनकसिंह ऐरी, सोही मुद्दामा २० हजार जरिवाना ठहर भएका धनगढी-३ कै सन्दीप चौधरी र लागुऔषध मुद्दामा १० हजार रुपैयाँ जरिवाना ठहर भएका धनगढी-२ बस्ने ओमविक्रम अधिकारी रहेका प्रहरीले बताएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत पेश गरेको प्रदेश प्रहरीले जनाएको छ ।













