धनगढी- धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ देवरियाबाट १ ग्राम १६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाँउका २२ वर्षीय सेवा चौधरी बिहीवार साँझ पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।















