धनगढी- कैलालीमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका-३ जसबहादुर घाटबाट ४०० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित जानकी गाउँपालिका-३ बस्ने २२ वर्षीय प्रदीप चौधरीसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उनीहरू भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागू औषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।













