कञ्चनपुर- कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउँदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हो।
पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिन पुगेपछि लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको शनिबार राति ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। उनको ट्याक्टर मुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।















