कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–८ बस्ने १८ वर्षीय अनिल राना रहेका छन् ।
लालझाडी गाउँपालिका वडा नम्बर–१ र २ को बिच सिमाना बिनाबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ट्याक्टरमा ल्याउदै गरेको अन्दाजी पाँच लाख ३८ हजार तीन सय मूल्य बराबरको प्याज, पेय पदार्थ, माछा लगायत ट्याक्टर थान–१ सहित ट्याक्टर चालक रानालाई शुक्रवार नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।
यसैगरी भीमदत्त नगारपालिका–१० बिद्युत कार्यालय, भीमदत्त नगारपालिका–११ चौकीसत्ता र बेलौरी नगारपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी एक लाख २६ हजार ३० मूल्य बराबरको सामान बरामद गरिएको छ।













