कञ्चनपुर- भारतीय एसएसबीले कञ्चनपुरका एक युवकमाथि निर्घात कुटपिट गरेको छ। कञ्चनपुर दोधारा चाँदनीस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले दोधारा चाँदनी नगरपालिका ८ सैनिक टोलका ३५ बर्षिय नरबहादुर नेपालीमाथि कुटपिट गरेको हो।
सीमावर्ती भारतीय बजारबाट घर फर्किदा गर्दा नेपाल–भारत सीमा क्षेत्र नजिक भारतीय सीमा सुरक्षा बल (एसएसपी) द्वारा कुटपिट भएको उनले बताए। भारतीय बजार मेलाघाट स्थित रहेको भारतीय सीमा सुरक्षा बल (एसएसपी) पोष्ट नजिक रातीको समयमा घर फर्किँदै गर्दा आफू कुटिएको उनले बताए।
भारतीय सीमावर्ती बजारमा फर्कँदा आफूहरूलाई ढिलो हुने विषयमा आफूले एसएसपीलाई जानकारी गराउँदा समेत कुटिएको बताएका छन्। उनले भने, मदिराले लट्ठ भएका नाम नखुलेको एसएसपी जवानले आफूलाई मुड्की, लात्ती र लठ्ठीले कुटपिट गरेका हुन् उनले भने, कुटाइबाट मेरो टाउको, हात र खुट्टामा नीलडाम छ।
‘साथीहरूले सँग घर फर्किदा गर्दा एसएसबीले हामीलाई रोक्न भन्यो, उनले भने, हामीले मोटरसाइकल रोक्यौ, अनि आइडी देखा भन्दै कुटपिट गर्न थाल्यो’ उनले भने। कुटपिटमा उनले लगाएको हेलमेटको सीमा समेत फुटेको छ ।
सीमावर्ती भारतीय बजारबाट आफन्तको उपचार गरेर फर्कने क्रममा नर बहादुर कुटिएको स्थानीयहरूको भनाई छ । कुटपिटपछि घाइते भएका नर बहादुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।













