डडेल्धुरा- डडेल्धुरामा घरमा परेको चट्याङले तीन जना घाइते भएका छन्। भने घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन्।
स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ। तर, उनीहरूको घर भने पूर्ण रूपमा नष्ट भएको छ।













