धनगढी- कैलालीको धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय किशोर १ ग्राम ७२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। ती किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।















