धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मोटरसाइकलले पैदलयात्री जिल्लाको गौरीगंगा नगरपालिका–१ का लालबहादुर बोहराका छोरा अन्दाजी ९ वर्षीय युबराज बोहरालाई ठक्कर दिँदा मृत्यु भएको हो।
गौरीगंगा नगरपालिका-१ गोप्का स्थित बाँकको नेपालगंज ७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा।प्र।०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो ठक्कर दिँदा बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।













