धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका –१ ढक्कास्थित हुलाकी राजमार्गमा आज बम विष्फोट भएको छ । विष्फोटबाट राजमार्गमा खाल्डो परेको छ । राजमार्गमा विष्फोट हुँदा धुँवाको मुस्लोसमेत स्थानीयले देखेको बताएका छन् ।
पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले हुलाकी राजमार्गमा बम विष्फोट भएको बताए । ‘पुरानो बम विष्फोट भएको भन्ने कुरा आएको छ,’ उनले भने, “विस्फोटले कसैलाई चोटपटक लागेको छैन ।













